काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्ने खेलाडी पोखरा एभेन्जर्सका युवराज शर्मा भएका छन् । उनले सोमबार कर्णाली याक्सविरुद्धको खेलमा शतक प्रहार गरे ।
यो एनपीएल इतिहासको चौथो शतक हो । यसअघि सन् २०२५ को संस्करणमा दुई शतक प्रहार भएका थिए ।
यो वर्ष शतक प्रहार गर्ने खेलाडी शर्मा भारतीय मूलका क्यानडेली खेलाडी हुन् । उनका बाबु बालिजित सिंहले प्रख्यात अलराउन्डर युवराज शर्माको नाममा आफ्नो छोराका नाम राखेका हुन् ।
सोमबार उनको शतकसँगै पोखराले पहिलो जीत हात पारेको छ । कुल ५ खेलमा पोखराले २ अङ्क जोडेको छ । अन्य दुई खेलमा सफलता पाएपछि अधिकतम ६ अङ्क हुनेछ । यसले पोखरा अर्को चरणमा प्रवेश गर्ने सम्भावना न्यून नै छ ।
पोखरा एनपीएल इतिहासको अचम्मको टोली बनेको छ । अहिलेसम्मका हरेक संस्करणमा पोखराका खेलाडीले शतक प्रहार गरेका छन् । पोखराको टोलीले भने पहिलो चरण पार गर्न सकेको छैन । सन् २०२४ को पहिलो संस्करणमा पोखराका आन्द्रे गाउजले शतक प्रहार गरेका थिए ।
अमेरिकामा सरेका दक्षिण अफ्रिकी क्रिकेटर गाउजले लुम्बिनी लायन्ससँगको खेलमा शतक प्रहार गरेका हुन् । पहिलो संस्करणमा लुम्बिनीसँगको खेलमा गाउज र दिनेश खरेलको अविजित पारीले पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो । १७१ रनको लक्ष्य १९ बल बाँकी रहँदा नै पूरा भएको थियो । चार अङ्क जोडेको पोखरा सातौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।
गएको सिजन पोखराका एडम रोसिङटनले कर्णालीविरुद्ध अविजित १०८ रन प्रहार गरेका थिए । सो खेलमा पोखरा ३४ रनले विजयी भएको थियो ।
गत सिजनमा पनि पोखरा पाँचौं स्थानमा सीमित भयो । एनपीएलमा पोखराबाहेक शतक प्रहार गर्ने खेलाडी मार्क वाट हुन् । उनले गएको सिजनमा कर्णालीको तर्फबाट लुम्बिनी लायन्सको विरुद्धमा शतक प्रहार गरेका थिए । यस सिजन भने उनी असफल भएका छन् ।
एनपीएलको यस सिजनको लिग चरणका केही खेलमात्र बाँकी छन् । सबै टोलीले ५ खेल खेलिसकेका छन् । यस सिजनको अर्को शतक प्रहार हुने निश्चित छैन । परन्तु लगातार तीन सिजनमा नै शतक प्रहार गर्न पोखरा सफल भएको छ ।






















