काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटक तथा विचार मिल्ने एमाले लगायतका देशभक्त गणतन्त्रवादी दल–समूहसँग पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई विचार मिल्ने दल तथा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी दिइएको छ ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार ‘एउटै कम्युनिस्ट पार्टी निर्माण’का लागि सबै पक्षसँग वार्ता गरिनेछ ।
बैठकले तय गरेको आठबुँदे एजेण्डामा विभिन्न दल तथा समूहलाई पार्टीमा समाहित गर्ने विषयसमेत समेटिएको छ ।
एकतालाई लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तत्काल वाम पार्टी वा समूह एक हुन सम्भव नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















