images
images
  • सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा, ३.८ प्रतिशत बोनस शेयर प्रस्ताव

    काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।

    असोज १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते एक दिन शेयर दाखिला खारेज ९बुकक्लोज० गर्ने जनाएको छ ।

    यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले सभामार्फत लाभांश वितरणसँगै संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्तावसमेत अघि बढाउने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images