काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्





















