images
images
  • साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

    काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित हुनुअघिको अन्तिम महिना फेब्रुअरी थियो ।

    विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले अक्टोबरमा दैनिक १ करोड ५ लाख ६३ हजार ब्यारेल कच्चा तेल उत्पादन गरेको ओपेकलाई जानकारी दिएको छ । सेप्टेम्बरमा साउदी अरबको दैनिक तेल उत्पादन ८३ लाख ७२ हजार ब्यारेल थियो ।

    सन् २०२६ को फेब्रुअरीमा साउदी अरबले दैनिक १ करोड ८८ हजार २०० ब्यारेल तेल उत्पादन गरेको थियो । त्यसयता अक्टोबरमा भएको उत्पादन सबैभन्दा उच्च हो ।

    प्रतिवेदनअनुसार ओपेक प्लस समूहका अन्य तेल उत्पादक राष्ट्रहरूले पनि अक्टोबरमा उत्पादन बढाएका छन् ।

    दोस्रो स्रोतबाट प्राप्त तथ्याङ्कअनुसार उक्त समूहले अक्टोबरमा दैनिक ४ करोड १२ लाख ३० हजार ब्यारेल तेल उत्पादन गरेको थियो । यो सेप्टेम्बरको तुलनामा दैनिक २० लाख ४० हजार ब्यारेल बढी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images