काठमाडौं– स्थानीय बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।
महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेसँगै ४ हजार ८१५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो ।
केही दिनयता सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहेको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय तथा चाँदीको मूल्य ४ हजार ४४७ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















