images
images
  • कुमारी बैंकले बोलायो २६औँ वार्षिक साधारण सभा, २.०१५६ प्रतिशत नगद लाभांश पारित गर्ने

    काठमाडौं – कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको सुवर्ण सम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजे बस्नेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

    यस्तै, सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते एक दिन शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात् असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

    यसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीले बैंकको लाभांश पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images