images
images
  • आगामी ३ दिन देशैभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह (बुलेटिनसहित)

    काठमाडौं– नेपाल मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मौसम बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ ।

    कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशको तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग, बागमती प्रदेशको पहाडी र तराई भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यस्तै बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको धेरै स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    त्यसैगरी शुक्रबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भाग, मधेश प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    शुक्रबार राति देशभर अधिकांश बादल लाग्नेछ ।

    बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्यांगहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

    मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    मौसम सम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखा, नेपाल मौसम विज्ञान विभाग, बबरमहल, काठमाडौंको फोन नम्बर ११५५ मा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

    222a1e4ba8db1a07f4

    प्रतिक्रिया दिनुहोस्
    images
    images