images
images
  • लुम्बिनीमा अति भारी वर्षा, कोशी र गण्डकीको अवस्था के छ ?

    काठमाडौं– पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।

    नेपाल मौसम पूर्वानुमानले बिहीबार बिहान ६:१५ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ ।

    हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमानले जनाएको छ ।

    पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार लुम्बिनी प्रदेशमा केही स्थानमा अत्यधिक वर्षा मापन भएको देखिएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

    अति भारी वर्षाको पूर्वानुमान छ, सतर्क रहनुस् : प्रधानमन्त्री

    प्रतिक्रिया दिनुहोस्
    images
    images