काठमाडौं – जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ ।
मेलाको अवसरमा कम्पनीले टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडलाम्प विथ यूएसडी सार्वजनिक गरेको छ ।
सोमबारदेखि सुरु भएको मेला असोज १८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहनेछ ।
टीभीएस एनटर्क १५० लाई जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, टीभीएस मोटर कम्पनी इन्डियाका रिजनल बिजनेस हेड–एसिया अनुभव बाली र ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कम्पनीले यसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ ।
त्यस्तै, टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडलाम्प विथ यूएसडी पनि मेलामा सार्वजनिक गरिएको छ । यसको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
नयाँ अपाचे आरटीआर २०० ४भीमा प्रोजेक्टर हेडलाम्पसँगै अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोर्क राखिएको कम्पनीले जनाएको छ । मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ ।
मेला अवधिमा पुरानो दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी टीभीएसका नयाँ मोडल खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले खरिद मूल्यसम्मको १०० प्रतिशत क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्मको नगद छुटमध्ये पुरस्कार जित्ने अवसर पाउने कम्पनीको दाबी छ ।
मेलास्थलमा ५० भन्दा बढी भ्यालुएटरमार्फत सवारीसाधनको मूल्याङ्कन गरिने तथा उच्चतम एक्सचेन्ज मूल्याङ्कनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस्तै, हरेक दिन दुई जना भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराइनेछ ।
नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मेलामा टीभीएसका विभिन्न मोडलको प्रदर्शन तथा टेस्ट राइड, जिमखाना स्टन्ट शो, गेम्स जोन र खानपानका स्टलसमेत राखिएका छन् ।
कार्यक्रममा जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले एनटर्क १५० ले स्कुटर बजारमा पर्फर्मेन्समा आधारित विकल्प थपेको बताउँदै नयाँ अपाचे आरटीआर २०० ४भीले टीभीएसको पर्फर्मेन्स मोटरसाइकलको शृङ्खलालाई थप विस्तार गर्ने बताइन् ।
टीभीएस मोटर कम्पनीका रिजनल बिजनेस हेड–एसिया अनुभव बालीले नेपाललाई टीभीएसका लागि महत्त्वपूर्ण बजारका रूपमा उल्लेख गर्दै नयाँ उत्पादनमार्फत नेपाली ग्राहकलाई नयाँ प्रविधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।


विश्व खबर 
















