काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीले जलविद्युत् आयोजना, शेयर लक–इन अवधि, शेयर बिक्री तथा साधारण सभासम्बन्धी महत्त्वपूर्ण सूचना सार्वजनिक गरेका छन् ।
कालीगण्डकीको बाढीले ७ जलविद्युत् आयोजनाको उत्पादन प्रभावित
म्याग्दीमा कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेपछि त्यसमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडले नेप्सेलाई दिएको जानकारीअनुसार प्रसारण लाइनमा क्षति पुगेपछि कम्पनीको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागले विद्युत् खरिद–बिक्री सम्झौताको दफा १०।२ बमोजिम ‘काबुबाहिरको परिस्थिति’ ९फोर्स मेजर० उत्पन्न भएको जनाउँदै उक्त प्रसारण लाइनमा जोडिएका सात आयोजनालाई पत्राचार गरेको छ ।
प्रभावित आयोजनामा ४२ मेगावाटको मिस्त्री खोला, ३८ मेगावाटको निलगिरी खोला–१, ७१ मेगावाटको निलगिरी खोला–२, १३.६ मेगावाटको थापा खोला, १४ मेगावाटको घार खोला, ६ मेगावाटको रेले खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजना छन् ।
चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता शेयरको लक–इन खुल्दै
चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख २० हजार ७०० कित्ता शेयरको तीन वर्षे लक–इन अवधि आगामी कात्तिक १४ गतेदेखि समाप्त हुने भएको छ ।
कम्पनीका अनुसार लक–इन अवधि सकिने शेयरमध्ये संस्थापक समूहको २८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ४ हजार ७०० कित्ता र कर्मचारीका लागि सुरक्षित १६ हजार कित्ता छन् ।
कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको शेयर भने प्रचलित नियमअनुसार रोक्का नै रहने जनाएको छ ।
मिड सोलुका आधारभूत शेयरधनीले १ लाख ४० हजार कित्ता बिक्री गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेडका दुई आधारभूत शेयरधनीले आफूहरूसँग रहेको १ लाख ४० हजार कित्ता शेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १ लाख १५ हजार कित्ता र विश्वकान्त गौतमले २५ हजार कित्ता शेयर बिक्री गर्ने जानकारी गराएका छन् ।
धितोपत्रसम्बन्धी व्यवस्थाअनुसार ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नुअघि जानकारी दिनुपर्ने प्रावधानअनुसार कम्पनीले नेप्सेलाई सूचना दिएको हो ।
आईसीएफसी फाइनान्सको २३औँ साधारण सभा सम्पन्न
आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा असोज १३ गते सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८३र८४ का लागि कम्पनीको बाह्य लेखापरीक्षकमा ‘एस।ए।आर। एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स’लाई नियुक्त गरेको कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।


विश्व खबर 
















