images
images
  • दुई दिनमै १२ सयले महँगियो सुन, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई सयले बढेको सुनको भाउ आज पुनः एक हजारले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    यता चाँदीको भाउपनि आज बढेको छ । मंगलबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images