images
images
  • नाडाको अध्यक्षमा करण चौधरी चयन

    काठमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सहमतिबाट टुंगिएको छ ।नाडाको आगामी कार्यकालका लागि अध्यक्षमा करण चौधरी चयन भएका छन् ।

    अगामी नेतृत्वका लागि मैदानमा रहेको आकाश गोल्छाले सहमतिमा चौधरीलाई अध्यक्ष बन्न राजि भएका हुन् । सहमतिको लामो प्रयासपछि अध्यक्षमा चौधरी सर्वसम्मत रुपमा चयन भएको नाडा महासचिव सुरेन्द्र उप्रेतिले अर्थपथलाई बताए । उनका अनुसार बाँकी अन्य पदमा पनि छलफल जारी रहेको छ । यसपाली नाडा सर्वसम्मत रुपमा नै टिम खडा गर्न प्रयासरत छ ।

    नाडाको नेतृत्वका लागि सिजी होल्डिङ्सका चौधरी र जिओ अटोबालइल्सका प्रबन्ध निर्देशक गोल्छ मैदानमा थिए । यसपाली नाडाका वर्तमान अध्यक्ष तथा पूर्वअध्यक्ष सबैको चाहाना पनि सहमतिबाटै नेतृत्व चयन गर्ने थियो ।

    सोही अनुसार नै मंगलबार लामो छलफल र प्रयासबाट अगामी चार वर्षका लागि चौधरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । चौधरी यसअघि पनि नाडाको अध्यक्ष पदमा उम्मेदवार दिए । उनी हालका अध्यक्ष ध्रुव थापासँग प्यानल बनाएर चुनाव लडेका थिए । तर, उनी थापासँग चुनावमा पराजय व्यहोरेका थिए ।

    नाडाले आगामी पुस २० र २१ गते साधारण सभा गर्दैछ । तर, सभा अघि नै सहमतिको आधारमा नेतृत्व चयन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images