images
images
  • दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा सेवा प्रदायकहरूले अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ–मेल)सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो ।

    तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेका कारण युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र प्राधिकरणले खारेज गरेको हो ।

    दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम दर्ता खारेज गरिएको प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ।

    s

    प्रतिक्रिया दिनुहोस्
    images
    images