images
images
  • झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम झन्डै ४ अर्ब

    काठमाडौं । साताको चौथोदिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको हो।

    बुधबार नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओरालो लागेका छन्।

    सामान्य बढेको बजारमा आज १३४ कम्पीको शेयरभाउ उकालो लागेको छ भने १०० वटाको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    आज नेप्सेमा सूचीकृत २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७०.२७ रुपैयाँमा किनबेच भएका छन्।

    आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    यस्तै बोटलर्स नेपाल (बालाजु)का शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ।

    आज मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रो, सानिमा डिबेन्चर र मानुषी लघुवित्तको भाउ पनि १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images