images
images
  • एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

    शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर२७ गतें) ले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

    साथै, तोकिएको अवधि भित्र सेयर बिक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images