images
images
  • १.७ अर्ब डलर कमाएको ‘द ओडिसी’ अब घरमै हेर्न पाइने, निर्माणका पर्दापछाडिका दृश्य पनि सार्वजनिक हुँदै

    काठमाडौं – विश्व बक्स अफिसमा १।७ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेर निर्देशक क्रिस्टोफर नोलनको करिअरकै सबैभन्दा सफल चलचित्र बनेको ‘द ओडिसी’ अब घरमै हेर्न पाइने भएको छ । हलमा प्रदर्शन हुँदा दर्शकको ध्यान खिचेको यस महाकाव्यात्मक चलचित्रको डिजिटल तथा होम इन्टरटेनमेन्ट संस्करण नोभेम्बर १७ देखि उपलब्ध हुने तयारी छ ।

    चलचित्रको डिजिटल संस्करणसँगै द्धप् अल्ट्रा एचडी, ब्लु–रे र डीभीडी संस्करण पनि सार्वजनिक गरिने विवरणमा उल्लेख छ । यसको अर्को आकर्षण भनेको ९० मिनेटभन्दा बढीको अतिरिक्त सामग्री हो, जसले चलचित्र कसरी तयार भयो भन्ने विषयमा दर्शकलाई पर्दापछाडिको झलक दिनेछ ।

    नोलनका चलचित्रमा भव्य दृश्य, जटिल कथावाचन र प्राविधिक प्रयोगले विशेष स्थान पाउँदै आएका छन् । ‘द ओडिसी’मा पनि प्राचीन ग्रिक महाकाव्यलाई आधुनिक सिनेमाको शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले यसको गृह(मनोरञ्जन संस्करण चलचित्र हेर्ने अवसर मात्र नभई निर्माण प्रक्रियाबारे जान्ने माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ ।

    होमरको प्राचीन महाकाव्यमा आधारित ‘द ओडिसी’ ट्रोजन युद्धपछि घर फर्कन निस्किएका ओडिसियसको जोखिमपूर्ण यात्रामा केन्द्रित छ। यात्राका क्रममा उनले विभिन्न खतरा, अलौकिक शक्ति र असाधारण पात्रहरूको सामना गर्नुपर्छ । नोलनले यस कथालाई विशाल दृश्य र एक्सनसहित पर्दामा उतारेका छन् ।

    चलचित्रको सफलतामा कलाकारहरूको ठूलो टोलीको पनि भूमिका छ । म्याट डेमनले ओडिसियसको भूमिका निर्वाह गरेका छन् भने टम हल्यान्ड, एनी ह्याथवे, रोबर्ट प्याटिन्सन, लुपिता न्योङुओ, सामन्था मोर्टन, जेन्डाया र चार्लिज थेरोनलगायत कलाकारले अभिनय गरेका छन् ।

    ‘द ओडिसी’को अर्को विशेषता यसको छायाङ्कन प्रविधि हो । नोलनले चलचित्रलाई आइम्याक्स क्यामेरामा खिचेका थिए। यसका लागि विश्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो। ठूलो पर्दामा दृश्यको भव्यता अनुभव गर्न बनाइएको चलचित्रलाई घरको स्क्रिनमा हेर्दा पनि त्यसको निर्माण शैली बुझ्न सकिने गरी अतिरिक्त सामग्री तयार पारिएको छ ।

    विश्वव्यापी बक्स अफिसमा १.७ अर्ब डलरभन्दा बढी कमाइ गरेको ‘द ओडिसी’ले नोलनको अघिल्लो सफलताभन्दा पनि ठूलो व्यावसायिक उपलब्धि हासिल गरेको छ। यसले ‘डेडपुल एन्ड वल्भरिन’को कमाइलाई उछिन्दै सबैभन्दा बढी कमाउने ‘आर–रेटेड’ चलचित्रको कीर्तिमानसमेत बनाएको विवरण सार्वजनिक भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images