काठमाडौं- सन् १९९४ अप्रिलको समय रुवान्डामा भएको नरसंहारलाई अहिले पनि संसारले बिर्सेको छैन । सोही नरसंहारमा सरिक भएको आरोपमा बोस्टनको अदालतमा एक अमेरिकीको सुनुवाइ अझै चलेको छ ।
रुवान्डा र अमेरिकाको दोहोरो नागरिकता भएका ५५ वर्षीय चार सन्तानको बाबुको त्यस नरसंहारमा भूमिका भएको भन्दै अभियोग दर्ता गरिएको अभियोजकहरुले जनाएका छन् ।
हुुटु अतिवादीहरूले तुत्सी अल्पसङ्ख्यकहरूमाथि गरेको ज्यादतीका कारण करिब १०० दिनमा ११ लाख जनाको ज्यान गएको थियो ।
यसै घटनामा संलग्न भएको आरोपमा सन् २०२४ मा ओहायोबाट उनलाई गिरफ्तार गरिएको थियो । गृह मन्त्रालयले लामो अनुसन्धानपछि उनलाई गिरफ्तार गरिएको जानकारी दिएको थियो ।

त्यस समयमा मेडिकल विद्यार्थीको रूपमा रुवान्डामा रहेका निसिमिया पनि तुत्सीको ज्यान लिने कुरामा संलग्न भएको जनाइएको छ । बुटारेमा रहेका उनी आफैं हत्या र बलात्कारमा समेत संलग्न भएको आरोप लाग्ने गरेको छ ।
सन् २०१९ मा पनि उनीमाथि छानबिन भएको थियो । निसिमिये आदिवासी हुटु हुन् । उनी नरसंहार सुरु हुनुभन्दा अघि नै त्यहाँ पुगेका थिए । फेरि अमेरिका पुगेका उनी सन् २००९ देखि अमेरिकाको नागरिक छन् ।
तुत्सीहरुलाई बलात्कार गरेको तथा मार्न हस्तान्तरण गरेको आरोप लागेको छ । सन् २०१९ मा उनले दिएको बयानमा नरसंहारमा आफ्नो संलग्नता नभएको बताएका छन् । त्यस घटनाको मुख्य जिम्मेवार प्रो हुुटु नेसनल रेभुलेसनरी मुभमेन्ट फर डेभ्लपमेन्ट इन्टरह्वामा पनि आफू संलग्न नभएको बताएका थिए ।

उनीमाथि लागेको अभियोग पुष्टि भएमा उनको नागरिकता खारेज हुनेछ । आरोप लागेको निसिमियाले नरसंहारको घटना हुनु अगावै बिदा बनाउन राजधानी किगाली गएको तथा बुटारे कहिल्यै नफर्किएको दाबी गरेका छन् । उनी अमेरिका पुगेपछि सन् २००९ देखि त्यहाँको नागरिक छन् ।
एकातिर सो नरसंहारमा सरिक भएको प्रमाण जुटाउन सरकारी वकिल तल्लीन भएर लागेका छन् । अर्कोतिर निसिमिया हँसमुखसहित अदालतमा प्रस्तुत हुने गरेका छन् ।
उनको परिवारको मत भने फरक छ । जसरी हुतुसले तुत्सीलाई मारेको भन्ने मात्र बुझाइ सतहमा छ, घटनामा त्यो भन्दा धेरै जटिलता भएको उनको परिवारको दाबी छ ।
उपनिवेशवादी कालको अन्त्य हुँदै भर्खर सुरु भएको समयमा यसरी लाखौँ मानिसको ज्यान जानुको मूल कारण समाजमा फैलाइएको अत्यन्त घृणाको वातावरण हो । घटना हुनु अघि यसरी फैलाइएको घृणाको कारण एक जातिले अर्को जातिलाई स्वीकार गर्न नै कठिन हुने अवस्था थियो । रुवान्डा मात्र होइन, त्यस समयमा छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै किसिमको खराब अवस्था थियो ।
नरसंहारको कारण

त्यस नरसंहारको मूल आधार भने सन् १९९४ को अप्रिल भन्दा अघि नै तयार भएको थियो । ८.४ प्रतिशत नागरिक भएको तुत्सी समुदाय श्वेत युरोपेलीको पक्षधर थिए । उनीहरूले बेल्जियन उपनिवेशलाई स्वीकार गरेका थिए ।
८५ प्रतिशत बसोबास गर्ने हुत्सुहरु शिक्षा र स्वास्थ्यको अवसरमा पछि थिए । उनीहरू सत्ताको नजिक पनि थिए । यसकारण उनीहरूको जनजीवन सहज थियो ।
उपनिवेश काल भन्दा अघि त्यहाँ हुतुस तुत्सी भन्ने भिन्नता थिएन । वर्गीय भिन्नता भने थियो । धनी हुतुसहरुले नै मान र सम्मानको रूपमा तुत्सी लेख्न थालेका हुन् ।
सत्ता बेल्जियम थियो । बेल्जियम सत्ताले बढी सम्पत्ति हुनेलाई नजिक राख्थ्यो । उनीहरूलाई अवसर पनि बढी दिने गरेको थियो ।
सन् १९३२ मा बेल्जियमले वर्गको आधारमा अझ ठुलो खाडल बनाइदिएको थियो । सो दुई भिन्न समूहको नाममा परिचयपत्र बनाइएपछि रुवान्डामा भिन्नता आएको हो ।
सन् १९५९ मा अफ्रिकामा स्वतन्त्रताको लहर चलेको थियो । सोही समयमा रुवान्डामा पनि हुतुसहरु बेल्जियम सरकार र इलिट तुत्सीहरुमाथि आक्रामक भएका थिए । सोही समयमा पनि १ लाख २० हजार तुत्सीको कि ज्यान गयो, कि त भागेर शरणार्थीको रूपमा विदेशी भूमिमा पुगे ।
सन् १९६२ मा हुतुसले सरकार बनाएको थियो । भागेर विदेश गएका तुत्सी समुदायका व्यक्तिहरूले रुवान्डा पेटियोटिक फ्रन्ट (आरपीएफ) स्थापना गरेर आफ्नो गतिविधि अघि बढाएका थिए । उनीहरूको गतिविधिलाई युगान्डा सरकारले साथ दिएको थियो ।
अहिलेका राष्ट्रपति पाउल कागामेले नेतृत्व गरेको आरपीएफ र सरकारको विरुद्धमा सन् १९९० को दशकमा गृहयुद्ध भएको थियो ।
यसरी भयो नरसंहार

सन् २०२३ को अगस्टमा संयुक्त राष्ट्रसङ्घको पहलमा शान्ति प्रक्रिया अघि बढाइएको थियो । तथापि तल्लो तहमा भने फरक किसिमको आक्रमण थियो । यसबीचमा केही सञ्चारमाध्यम र हुतुस अतिवादीको प्रोपोगान्डाको सिकार रुवान्डा भएको थियो । युद्धविरामकै समयमा पनि तुत्सी समुदायका मानिसहरूको सूची तयार पार्नेसम्मका गतिविधि केही हुतुसहरुले गरेका थिए ।
सन् १९९४ अप्रिल ६ का दिन त्यहाँका सैन्य अधिकारी तथा बरुन्डीका राष्ट्रपति साइप्रन नित्यारामारा चढेको विमान खसालिएको थियो ।
आक्रमणकारी त पत्ता लागेन । तथापि केही सञ्चारमाध्यमले वातावरण भड्काउने काम गरेका थिए । हुतुसलाई तत्काल कारबाही अघि बढाउन उकासिएपछि उदारवादी सोचका हुुतु प्रधानमन्त्री आगाथे उइलिन गियामानासहित शान्ति प्रक्रियामा रहेका १० बेल्जियम नागरिक समेत मारिए । सरकारी सुरक्षा अधिकारीहरूबाटै उनीहरू मारिएका थिए ।
त्यसपछि इन्तराहामवे नाम रहेको हुतु सैन्य सङ्गठनले तुत्सी र उदारवादी हुतुहरुको खोजीखोजी हत्या गर्न थाल्यो । यो क्रम राजधानी किगालीबाट सुरु भएर देशका अन्य भागमा पनि पुगेको थियो । यो क्रम बढ्दै गएपछि घरघरबाट मानिसलाई लिएर पिट्ने काम पनि भएको थियो ।
सरकारी अधिकारी र हुतुस समुदाय मिलेर मानिसलाई पिट्ने तथा बलात्कारसम्मका घटना भए । १०० दिनमा यो नरसंहार सकिएको थियो । १०० दिनपछि तुत्सी पनि प्रत्याक्रमणमा आयो । आरपीएफले राजधानी किगालीलगायत स्थान कब्जामा लिएको थियो ।

त्यस नरसंहारमा सरिक हुतु नागरिकहरू भागेर कङ्गो तथा फ्रान्समा समेत पुगे । सो समयमा ८ देखि ११ लाख मानिस मारिएको अनुमान छ । त्यो हिंसा भड्काउन सरकारी रेडियो रेडियो रुवान्डा समेतको भूमिका थियो ।
सुरुवाती समयमा अन्तर्राष्ट्रिय निकायले बेवास्ता गरे पनि सन् १९९४ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघले चासो दिएको थियो । तान्जानियाको अरुसामा राष्ट्रसङ्घका अधिकारी बसेर न्यायिक समिति बनाउने कुरामा सहमति जनाए ।
धेरै जना मानिस विदेशिएका कारण राष्ट्रसङ्घकै पहलमा भित्र्याइए । धरैलाई कारबाही समेत भएको थियो । ३२ वर्ष पूरा भए पनि त्यो नरसंहारको असर अझै संसारमा परेको त्यसको पछिल्लो उदाहरण अमेरिकामा चलेको सुनुवाइ हो ।
– बीबीसी, अलजजिरालगायतको सहयोगमा


मनोज घिमिरे 




















