images
images
  • मध्यपूर्वमा हुथीको शक्ति: यमनदेखि अमेरिकासम्मको टाउको दुखाई

    काठमाडौं– साउदी अरेबियाको सम्राट खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गत शनिबार भएको आक्रमणमा परी १३ जनाको ज्यान गयो । एक दशक अघिदेखि मध्यपूर्वमा धेरै नै अशान्ति मच्चाइरहेको हुथी समुदायको शक्तिलाई प्रस्ट पार्ने पछिल्लो घटना यो आक्रमण पनि हो ।

    यमन र इरानमा आफूलाई बढी विस्तार गरेका हुथी समुदाय पछिल्लो समय साउदी अरेबियामाथि आक्रामक भएको छ । इरान र अमेरिकाबीच तनाव बढेपछि मध्यपूर्वका धेरै देशहरूको ध्यान सो तनाव शान्त पार्नमा छ । पछिल्लो समय यसै मौकाको फाइदा उठाउँदै हुथीले आफ्नो सक्रियता बढाएको छ ।

    गत साता साउदी अरेबियाले हुथीसँग लड्न यमन सरकारलाई सहयोग गरेको थियो । तत्काल यसको प्रतिक्रियास्वरूप हुथीले पनि साउदी अरेबियामाथि नै आक्रमण गरिरहेको हो । हुथी आक्रमणको लक्ष्य प्रमुख भौतिक संरचना तथा आर्थिक क्षेत्रमा प्रभाव पार्ने स्थानमा आक्रमण गर्ने हो ।

    Houthis cadder

    एक शताब्दीदेखि कायम रहेको यो युद्धका कारण धेरैको ज्यान गइसकेको छ । धेरै मानवीय क्षति भइसकेको छ । मध्यपूर्वमा अशान्ति छाइरहेको छ । मानवीय सङ्कटको अवस्था देखिन थालेका छन् ।

    यस एक दशकमा साउदी अरेबियाले वार्ता तथा सैन्य बल दुइटै उपायमार्फत समाधान गर्ने प्रयास गरेको थियो । लगातारको प्रयास असफल भएपछि अहिले साउदी युवराज मोहम्मद बिन सलमान तथा उनका भाइ खालिद बिन सलमानको निम्ति धेरै समस्या आइसकेको छ । हुथीको प्रभाव क्षेत्र घट्नुका साटो झनै बढेको छ । धेरै जनघनत्व भएको तियाजमा समेत आक्रमण हुन थालेपछि थप चिन्ता उत्पन्न भएको छ ।

    धेरै समीक्षक तथा विश्लेषकहरू यमन सेनाको भूमिका तथा दक्षतामा धेरै कुरा निर्भर रहने बताउँछन् । उनीहरूको मतमा यमन सेनाले जमिनमा हुथीलाई नियन्त्रण गर्न मात्र सके पनि साउदी सहयोगका कारण लामो समयदेखि रहेका समस्या समाधान हुन सक्नेछ । साउदी अरेबियाले आफ्ना सेनालाई जमिनमा नपठाएर हवाई आक्रमणलाई तीव्र बनाउने नीति लिएको थियो । शनिबारको हुथी आक्रमणपछि साउदी सरकार धेरै विषयमा सोच्न बाध्य भएको छ ।

    अहिले यमनमा सैनिक सहयोग गर्दा धेरै आर्थिक भारसमेत साउदी अरेबियाले व्यहोरेको छ । यो सन्तुलन मिलाउन पर्यटकीय हबको विकास गर्ने तथा कृषि उत्पादनलाई बढाउने नीति साउदी सरकारको छ ।

    करिब दुई दशकअघि हुथी एक सानो समूह थियो । इजरायलसँग लड्न इरानको सहयोगमा हुर्किएको सो सैन्य सङ्गठनसँग अहिले धेरै ब्यालिस्टिक मिसाइलसमेत रहेका छन् । यसको उद्देश्य सुरुमा तेलअभिभमा नै आक्रमण गर्ने थियो ।

    अहिले हुथीहरूले सैन्य उपकरण मात्र होइन, इन्टलिजेन्समा समेत विकास गरिसकेका छन् । हतियार र मिसाइललाई अझ परिष्कृत बनाउन इरानी रिभुलेसनरी गार्ड र हुथीको बीचमा सहकार्य रहेको यमन सरकारको आरोप छ । आर्टिफिसियल इन्टेलिजेन्समा समेत हुथीले धेरै विकास गरिसकेको छ ।

    Hoithis rocket

    एआई कम्पनी एन्थ्रोपेकका अनुसार उनीहरूले क्लाउड एआईमार्फत रकेट र मिसाइल बनाउने प्रयास गरिरहेका छन् ।

    अहिले साउदी अरेबिया अन्तर्राष्ट्रिय सहयोगको आसमा छ । फ्रान्स, बेलायत र पाकिस्तानले सहयोगको प्रतिबद्धता व्यक्त गरिसकेका छन् । टर्किएले सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।

    एक दशक लामो सङ्घर्षपछि तत्कालीन सत्तालाई च्युत गर्दै अहमद अल सारा सरियाको सत्ता सम्हाल्न पुगेका छन् । यसकारण सिरियाको सहयोग यस लडाइँमा अझ बढी महत्त्वपूर्ण हुन सक्नेछ । साउदी अरेबियाको सबैभन्दा ठुलो सहयोगी अमेरिकाले भने सेना पठाएको छैन । अमेरिकाले पछिल्लो समय इन्टेलिजेन्स सहयोग मात्र गरेको छ ।

    गत वर्ष अमेरिकी प्रयासमा युद्धविराम पनि भएको थियो । एसिया र युरोपको महत्त्वपूर्ण समुद्री नाका बब अल मान्डेब जलमार्गमा हुथीले फेरि आक्रमण गरेपछि युद्ध बल्झिएको छ । गत महिना राजकुमार मोहम्मदले सैन्य सहयोग गर्न दुई पटक हारगुहार मागे पनि ट्रम्पले यसलाई अस्वीकार गरेका थिए ।

    साउदी राजधानी रियादमा भएको आक्रमणमा ज्यान गुमाउनेमध्ये एक जना अमेरिकी नागरिक पनि छन् । यसकारण सो घटनाले अमेरिकालाई क्षुब्ध बनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हुथीमाथि आक्रमण गर्न सहयोग हुन सक्ने आश्जासन दिएका छन् ।

    यमनमा मानवीय सङ्कट

    Houthi Yemani

    अहिले यमन संसारकै समस्याग्रस्त देशको रूपमा छ । कुपोषण, खाद्य सङ्कट र भौतिक संरचनाको नास त्यहाँको मुख्य समस्या हो । युनिसेफका अनुसार अहिले त्यहाँ धेरै जना बालबालिकाको जीवन नै खतरामा छ । सन् २०२२ मा युद्धविरामको प्रयास कमजोर भएपछि त्यहाँ एकपछि अर्को समस्या उत्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यमनको आधा जनसङ्ख्यामा खाद्यान्नको अभाव छ ।

    करिब डेढ करोड बालबालिकालाई मानवीय सहयोग आवश्यक छ । साथमा २ करोडलाई खाद्य सहयोग आवश्यक छ । सन् २०१५ यता करिब ५० लाखले घर छाडेका छन् ।

    हुथीका नेता अब्दुल मलिक

    Houthis head

    हुथी समूह अब्दुल मलिक अल हुथीको नेतृत्वमा छ । उनी सञ्चारमाध्यममा कमै देखिने गरेका छन् । साथै कमै चर्चामा आउने गरेका छन् । उनको पूरै परिचय पाउन समेत धेरैलाई कठिन छ ।

    उनी सन् १९७० को दशकको अन्त्य तथा सन् १९८० को दशकको सुरुमा जन्मिएका थिए । उनका बाबु बाब्रेडिन अल हुथी धार्मिक नेता हुन् । जियादी उनका बाबु उत्तरी यमनमा प्रभावकारी थिए ।

    उनै जियादीहरूको कुनै समय यमनमा शासन थियो । अब्दुलका दाइ हुसेन बाब्रेडिन अल हुथीको नेतृत्वमा सन् १९९० को मध्यमा युवा गतिविधि भएको थियो ।

    हुथीले वर्तमान यमन सरकारलाई अमेरिकाको कठपुतली संज्ञा दिँदै आएको छ । त्यसैले हुथीले यमन सरकारविरुद्ध लगातार युद्ध गरिरहेको छ ।

    पछिल्लो दशक चर्चामा रहेको यो समूह अहिले अमेरिका र साउदी अरेबिया हुँदै इजरायलको समेत टाउको दुःखाइको विषय बनेको छ । यो युद्धको अन्त्य तत्कालाई अनिश्चित नै बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images