काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने आज ९असोज २७ गते० अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
लघुवित्तले कात्तिक १० गते मंगलबार धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे एघारौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ । दुवै प्रस्ताव पारित भएमा सेयरधनीले कुल १० प्रतिशत लाभांश पाउनेछन् ।
त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ ।






















