काठमाडौं – सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।
आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक मूल्याङ्कनमा योग्य भएका हुन् ।
ठेक्का नम्बर एसएमडीएमपीरआरबीरसिभिल–एचएमरआईसीबी–०२/२०८२/८३ अन्तर्गत निर्माण कार्यका लागि बोलपत्र पेस गरेका कम्पनीमध्ये प्राविधिक रूपमा योग्य ठहरिएका तीनै कम्पनीलाई आर्थिक प्रस्ताव खोल्ने कार्यक्रममा उपस्थित हुन आयोजनाले आग्रह गरेको छ ।
आयोजनाका अनुसार योग्य बोलपत्रदाताको आर्थिक प्रस्ताव आगामी १६ गते दिउँसो १ बजे सिन्धुलीस्थित सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा खोलिनेछ ।






















