images
images
  • इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनीलाई सशस्त्र बलले भन्यो– चुनावी प्रचारको औजार

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिनुभएपछि इरानी सशस्त्र बलले उनको अभिव्यक्तिलाई चुनावी ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ ।

    इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटकपटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् ।

    अमेरिकी सेनामा थकान देखिएका बेला यस्ता धम्की दोहोर्‍याउनुले शक्ति प्रदर्शन नभई रणनीतिक निराशा झल्काउने उनीहरूको भनाइ छ ।

    विज्ञप्तिमा अमेरिकाले पश्चिम एसियामा खतरा, असुरक्षा र अस्थिरता बढाएको आरोप लगाउँदै इरानविरुद्धका सैन्य कारबाही तथा समुद्री गतिविधिमा असफलता लुकाउन विश्व अर्थतन्त्रमाथि दबाब सिर्जना गर्न खोजेको दाबी गरिएको छ ।

    ट्रम्पका अभिव्यक्तिले शक्ति सन्तुलन परिवर्तन गर्न नसक्ने पनि इरानी सेनाले जनाएको छ ।

    यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार न्युयोर्क पुगेका छन् ।

    उनले अन्तर्राष्ट्रिय मञ्चमा इरानको धारणा सशक्त रूपमा प्रस्तुत गर्दै विगतका वार्ता र सम्झौतामा गरिएका प्रतिबद्धता पूरा नभएको विषय उठाउने बताएका छन् ।

    यसअघि राष्ट्रपति ट्रम्पले महासभालाई सम्बोधन गर्दै इरानसँग सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएका थिए ।

    उनले इरानबाट पुनः आक्रमण हुन नदिन कडा कदम चाल्नुपर्ने बताउँदै चुनावपछि इरानसँग सम्झौता हुनसक्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images