images
images
  • दशैंमा बजाजको ‘गेम अफ पावर’ : मोटरसाइकल किन्दा १ लाखसम्म पुरस्कार, च्याम्पियनसँग भेट

    काठमाडौं – दशैं नजिकिँदै गर्दा मोटरसाइकलको बजारमा चहलपहल बढिरहेका बेला बजाजले ग्राहकका लागि नयाँ अभियान सार्वजनिक गरेको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने होरु’ अभियान ल्याएको हो ।

    अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले पुरस्कार जित्ने अवसरसँगै डिजिटल दौडमा सहभागी हुन र आफ्ना मनपर्ने खेलाडी तथा च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर पाउनेछन् ।

    मोटरसाइकल किन्दा १ लाखसम्म पुरस्कार

    दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

    त्यससँगै स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहारसमेत जित्ने अवसर रहनेछ । कम्पनीले मोटरसाइकल खरिदलाई केवल खरिदको अनुभवमा सीमित नराखी पुरस्कार र मनोरञ्जनसँग जोडेको जनाएको छ ।

    च्याम्पियनसँग भेट्ने अवसर

    अभियानको अर्को आकर्षण चर्चित खेलाडी तथा च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर हो ।

    अभियानबाट छनोट हुने विजेताले रविन्द्र ढाँट, सीआर७ होराआ अर्थात् सन्जन गौतम र दीपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्।

    मनपर्ने खेलाडीलाई नजिकबाट भेट्ने अवसरले अभियानलाई अझ रोमाञ्चक बनाउने कम्पनीको अपेक्षा छ ।

    मोबाइलमै पल्सरको डिजिटल दौड

    बजाजले युवालाई लक्षित गर्दै अभियानमा ‘पल्सर रेसिङ गेम’ समेत समावेश गरेको छ ।

    यसमा सहभागीले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरेर डिजिटल दौडमा सहभागी हुन सक्नेछन्। कम समयमा दौड पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री र बजाजका विशेष उपहार जित्ने अवसर पाउनेछन्।

    ‘शो योर पावर’मा देखाउन पाइनेछ आफ्नो क्षमता

    अभियानअन्तर्गत ‘शो योर पावर’ चुनौती पनि सञ्चालन हुनेछ। यसमा राइडर तथा मोटरसाइकलप्रेमीले आफ्नो शक्ति, शारीरिक तन्दुरुस्ती र पल्सरप्रतिको लगावलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्न सक्नेछन्।

    यस चुनौतीबाट छनोट हुने विजेताले पनि च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

    दशैंको उत्साहमा थपिनेछ ‘पावर’

    गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले दशैंको उत्साहसँगै ग्राहकलाई नयाँ अनुभव दिने उद्देश्यले अभियान ल्याइएको बताए।

    उनले पुरस्कार, डिजिटल दौड र च्याम्पियनसँगको भेटमार्फत ग्राहकलाई अभियानमा सहभागी हुँदै आफ्नो क्षमता देखाउने अवसर मिल्ने बताए।

    बजाजले ‘गेम अफ पावर–खेल्ने होरु’ अभियानमार्फत यस वर्षको दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने प्रयास गरेको छ। कम्पनीका अनुसार अभियानले विशेषगरी युवा पुस्तालाई बजाजसँग जोड्दै दशैंको उत्साहलाई अझ रोमाञ्चक बनाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images