काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ झापाले रसुवाका बाढी प्रभावितका लागि १० लाख रुपैयाँ राहत सहयोग गरेको छ ।
इक्यान झापाको सामाजिक उत्तरदायित्व समितिको पहलमा सङ्घका सदस्य तथा पदाधिकारीबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिनुभयो ।
बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवाका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको इक्यान झापाले जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य तथा पदाधिकारीबाट रकम सङ्कलन गरिएको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।


विश्व खबर 



















