काठमाडौं– रूसको संघीय निर्वाचन आयोगका अनुसार संसदीय निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ दल युनाइटेड रसिया स्पष्ट रूपमा अगाडि देखिएको छ ।
करिब ५८ प्रतिशत मतदान केन्द्रको मतगणना सकिँदा समानुपातिकतर्फ युनाइटेड रसियाले करिब ५८ प्रतिशत मत पाएको छ ।
संसद्को ४५० मध्ये २२५ सिट समानुपातिक र बाँकी २२५ सिट प्रत्यक्ष निर्वाचनबाट चयन हुन्छन् ।
विपक्षी उम्मेदवारमाथि प्रतिबन्ध र कडा राजनीतिक नियन्त्रणबीच निर्वाचन भएको भन्दै आलोचना भएको छ ।
युक्रेनले रूसले कब्जा गरेका क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी गराइएको विषयमा निर्वाचनलाई गैरकानुनी भनेको छ भने युरोपेली संघले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाएको छ ।
प्रारम्भिक परिणामले क्रेमलिन समर्थक अन्य चार दल पनि स्टेट ड्युमामा पुनः प्रवेश गर्ने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















