काठमाडौं – लाखौँ लगानीकर्ताको कारोबारसँग प्रत्यक्ष जोडिएको नेपालको शेयर बजार सोमबार प्राविधिक समस्याका कारण बन्द भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रविधि व्यवस्थापन र वैकल्पिक प्रणालीमाथि प्रश्न उठेको छ ।
नेप्सेका कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा केन्द्रमा असोज ४ गतेदेखि समस्या देखिएपछि सोमबारको नियमित कारोबार स्थगित गरिएको हो । नेप्सेले यथास्थितिमा कारोबार सञ्चालन गर्दा कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको जनाएको छ ।
डाटा केन्द्रमा समस्या, बजार नै बन्द
डाटा केन्द्रमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहे पनि पूर्ण रूपमा समाधान नभएको नेप्सेको भनाइ छ। यही कारण स्टक ब्रोकर एसोसिएसन नेपालले समेत कारोबार स्थगित गर्न आग्रह गरेको थियो।
त्यसपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार सोमबारको कारोबार स्थगित गरेको हो ।
तर, एउटा डाटा केन्द्रमा देखिएको समस्याका कारण सिंगो शेयर बजार नै बन्द गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न लगानीकर्ता तथा बजारसम्बद्ध पक्षबाट उठ्न थालेको छ ।
वैकल्पिक प्रणालीको प्रभावकारितामाथि प्रश्न
मुख्य डाटा केन्द्रमा समस्या आउँदा कारोबार निरन्तर राख्न वैकल्पिक व्यवस्था र विपद् पुनःप्राप्ति प्रणालीको भूमिका महत्वपूर्ण हुन्छ ।
बजारसम्बद्ध स्रोतका अनुसार केही कारोबार सदस्यका छुट्टै प्रणाली सञ्चालनमा रहे पनि ती प्रणालीमार्फत कारोबारलाई निरन्तरता दिने वा अन्य वैकल्पिक व्यवस्था अपनाउने विषयमा स्पष्टता देखिएको छैन।
यसले नेप्सेको विपद् व्यवस्थापन, वैकल्पिक प्रणाली र विभिन्न सेवा प्रदायकमाथिको निर्भरताबारे थप प्रश्न खडा गरेको छ ।
साइबर सुरक्षाबारे पनि चासो
डाटा हबमा देखिएको समस्याको वास्तविक प्रकृति सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन । बजारमा भने यसलाई साइबर आक्रमणसँग जोडेर विभिन्न दाबी भइरहेका छन् ।
यस्तो अवस्थामा नेप्से तथा सम्बन्धित निकायले समस्या प्राविधिक खराबी हो वा साइबर आक्रमण, त्यसको प्रभाव कति परेको छ र लगानीकर्ताको तथ्याङ्क तथा कारोबार विवरण कति सुरक्षित छन् भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने देखिएको छ ।
नियामकको निगरानी आवश्यक
शेयर बजार सञ्चालनमा प्रविधिको भूमिका बढ्दै गएको अवस्थामा एउटा डाटा केन्द्रमा आएको समस्याका कारण नियमित कारोबार रोकिएको घटनाले पूर्वाधारको जोखिम व्यवस्थापनमाथि पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको छ ।
विपद् पुनःप्राप्ति प्रणाली प्रभावकारी अवस्थामा थियो कि थिएन, सेवा प्रदायकसँग भएका सम्झौता र जिम्मेवारीअनुसार काम भएको छ कि छैन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन के व्यवस्था गरिएको छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
लाखौँ लगानीकर्ताको कारोबार प्रभावित भएको घटनामा नेपाल धितोपत्र बोर्डसहित सम्बन्धित निकायले प्राविधिक समस्या, वैकल्पिक प्रणाली र साइबर सुरक्षाको अवस्थाबारे


विश्व खबर 



















