काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको झिनो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८८ रन जोड्न सकेको हो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । विशाल सुस्लिङले १५, ओपनर सन्तोष कार्कीले १० र तृतराज दासले ५ रनको योगदान दिए । त्यस्तै रायन बर्ल ६, आदित्य महता ४, अविशेष तिवारी ४ रनमा आउट हुँदा ह्यारी टेक्टर र जिम्मी निसम रन नबनाइकनै पेभेलियन फर्के ।
बलिङतर्फ चितवनका रन्जित कुमारले ३ विकेट लिए । सिकन्दर राजा र कमिल मिसाराले समान २–२ विकेट लिए । रिजन ढकाल र कमलसिंह ऐरीले पनि समान १–१ विकेट लिए ।
अहिले चितवन राइनोज जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्



















