images
images
  • एनपीएल तेस्रो संस्करण: सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोखार्जलाई १२६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर ब्याटिङमा बोलाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनमात्र बनाउन सक्यो ।

    २.३ ओभरमा ८ रनमात्र बनाएर ४ विकेट गुमाउँदा दबाबमा आएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । आरिफ १६ रन बनाउँदा रन आउट भए ।

    छैटौ विकेटका लागि कप्तान दीपेन्द्र र थरिन्दु रत्नायकेले अर्को ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले मध्यम योगफल तयार गरेको थियो।

    संकटका बीच कप्तान दीपेन्द्रले अर्धशतक पूरा गरे । उनले ४६ बलमा ४ चौका र २ छक्का हानेर अर्धशतक बनाएका हुन् । रत्नायके २६ र फबियन एलेन २ रनमा अविजित रहे । ओपनर स्कट कुगुलिन ६ र विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डोन म्याक मुलेन र ईशान पाण्डेले खाता खोल्न सकेनन्।

    काठमाडौंका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images