काठमाडौं –सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहले ब्रेक लगाएर निरन्तरतालाई क्रम भंग मात्र होईन न्यायलयलाई शुद्धीकरण महाअभियान सुरु भएको छ। यश अपरिजित यात्रालाई निरन्तरता नेपाल प्रहरीको पुनःसंरचना र शुद्धीकरण अब इतिहासमा रच्ने सु अवसर पाएको छ।
नेपाल प्रहरीमा भावी प्रहरी महानिरीक्षक (आईजीपी) को नेतृत्व चयनसँग जोडिएको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)बढुवाको प्रतिस्पर्धा पेचिलो बन्ने देखिएको छ। आगामी पुस ५ गते एकैपटक पाँच जना एआईजी र तीन जना डीआईजीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि प्रहरी संगठनको उच्च नेतृत्व तहमा ठूलो फेरबदल हुने भएको हो।
यसअघि एआईजी डा.मनोजकुमार केसी प्रहरी महानिरीक्षक बनेसँगै एउटा एआईजी पद रिक्त भइसकेको छ। पुस ५ गते थप पाँच एआईजी अवकाशमा गएपछि नेपाल प्रहरीमा एकैपटक ६ एआईजी पद रिक्त हुनेछन्।
अहिलेको एआईजी बढुवा केवल रिक्त पदपूर्तिमा सीमित छैन। यसले आगामी प्रहरी महानिरीक्षक को बन्ने भन्ने सम्भावित समीकरणसमेत निर्धारण गर्ने भएकाले प्रहरी संगठनभित्र बढुवा प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।
पुस ५ मा अवकाशमा जाँदै पाँच एआईजी
३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका एआईजीहरूमा सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, सुशील सिंह राठौर, हिमालयकुमार श्रेष्ठ र डम्बर विक रहेका छन्।
शाह प्रदेश समन्वय विभाग, चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, श्रेष्ठ कार्य विभाग र विक प्रशासन विभागको नेतृत्वमा छन्।
नेपाल प्रहरीमा प्राविधिकसहित नौ एआईजीको दरबन्दी रहेको छ। एआईजी डा। मनोजकुमार केसी आईजीपी बनेपछि रिक्त भएको एउटा पदसहित पुस ५ पछि पाँच पद थप रिक्त हुनेछन्। त्यसपछि राजन अधिकारी र ईश्वर कार्की गरी दुई एआईजी मात्र नियमित सेवामा रहनेछन्।
एआईजी बन्ने दौडमा को–को छन् डीआईजी?
रिक्त हुने ६ एआईजी पदमा बढुवाका लागि वरिष्ठता र ब्याचका आधारमा विभिन्न डीआईजीहरू प्रतिस्पर्धामा छन्।
अघिल्लो ब्याचका डीआईजीहरू गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल र राजेन्द्रप्रसाद भट्ट पनि एआईजी बढुवाका प्रमुख दाबेदारका रूपमा रहेका छन्।
त्यस्तै, ११२औँ प्रहरी निरीक्षक ब्याचका डीआईजीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले र विश्व अधिकारी पनि बढुवाको प्रतिस्पर्धामा छन्।
प्रहरी संगठनभित्रको वरिष्ठता र हालसम्मको बढुवा क्रमलाई हेर्दा अघिल्लो ब्याचका चार डीआईजीसँगै ११२औँ ब्याचका अधिकारीहरूको बढुवा प्रतिस्पर्धालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भावी आईजीपीको दौडमा भूपेन्द्र र सानुराम अगाडि?
अहिलेको एआईजी बढुवालाई आगामी प्रहरी महानिरीक्षकको उत्तराधिकारी छनोटको प्रारम्भिक आधारका रूपमा समेत हेरिएको छ।
हालका आईजीपी डा। मनोजकुमार केसी ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ गते अनिवार्य अवकाशमा जाने अवस्थामा छन्।
त्यसपछि प्रहरी संगठनको नेतृत्व ११२औँ ब्याचका अधिकारीहरूबाट हुने सम्भावना देखिन्छ। यही ब्याचका डीआईजी भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी र शेखर खनाल एआईजीमा बढुवा भएमा उनीहरू भावी आईजीपीका सम्भावित दाबेदार बन्नेछन्।
हाल कायम बढुवा वरिष्ठता कायम रहेमा भूपेन्द्र खत्री र सानुराम भट्टराई भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अगाडि देखिनेछन्। तर अन्तिम नेतृत्व चयन त्यतिबेलाको वरिष्ठता, कार्यसम्पादन, बढुवा प्रक्रिया र सरकारको निर्णयमा निर्भर हुनेछ।
तीन डीआईजी पनि अवकाशमा जाँदै
पुस ५ गते नै ३० वर्षे सेवा अवधि पूरा गरेका डीआईजीहरू ओम राना, दिलीपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अनिवार्य अवकाशमा जानेछन्।
यससँगै एआईजीमा बढुवा हुने सम्भावित छ जना र अवकाशमा जाने तीन डीआईजीका कारण प्रहरी संगठनमा डीआईजीका नौ पदसमेत रिक्त हुने अवस्था छ।
बढुवामा वरिष्ठता कि राजनीतिक समीकरण?
नेपाल प्रहरीमा उच्च तहको बढुवा सधैँ वरिष्ठता, कार्यसम्पादन, संगठनात्मक क्षमता र राजनीतिक प्रभावका कारण चर्चामा रहने गरेको छ। यसपटकको एआईजी बढुवामा पनि वरिष्ठता कायम राखिन्छ वा नेतृत्वको भावी समीकरणलाई ध्यानमा राखेर नयाँ रणनीति अपनाइन्छ भन्ने चासो बढेको छ।
विशेषगरी ११२औँ ब्याचका अधिकारीमध्ये को–को एआईजी बन्नेछन् भन्ने विषयले आगामी प्रहरी महानिरीक्षकको दौडलाई समेत प्रभावित गर्नेछ।
अब सरकार र बढुवा समितिको निर्णयले प्रहरी संगठनको भावी नेतृत्वको प्रारम्भिक खाका कोर्नेछ। त्यसैले पुस ५ अगावै हुने एआईजी बढुवालाई नेपाल प्रहरीको नेतृत्व परिवर्तनको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।





















