images
images
  • फङफङदेन झरना पर्यटन फुटबलको खेल तालिका सार्वजनिक, विजेतालाई ३ लाखको अलैँची पुरस्कार

    काठमाडौं – मंसिर २ देखि आयोजना हुने फङफङदेन झरना पर्यटन फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आठ टोली सहभागी हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र अपर मेवा काठमाडौँबीच हुने भएको छ ।

    गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, आयोजक फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा र सल्लाहकार नुपु शेर्पाले बिहीबार खेल तालिका सार्वजनिक गरेका हुन् ।

    आयोजकका अनुसार मंसिर २ गते दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन खेल हुनेछ । मंसिर ३ गते फेदाप गाउँपालिका तेह्रथुम र सैनिक युथ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन खोक्लिङ सामाजिक युथ क्लब मिक्वाखोला र कुम्यायक कुसायक गाउँपालिका पाँचथरबीच पनि खेल हुनेछ । दुवै खेल मध्याह्न १२ बजे र दिउँसो ३ बजे सञ्चालन हुनेछन् ।

    पहिलो चरणको अन्तिम क्वार्टरफाइनल खेल ग्रीन भ्याली युथ क्लब मेरिङदेन, नाल्बु र मरिक एफसी धरानबीच हुनेछ । उक्त खेल मध्याह्न १२ बजे सुरु हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको सेमिफाइनल मंसिर ५ गते र फाइनल मंसिर ६ गते हुनेछ ।

    विकास समितिका अध्यक्ष साँवाका अनुसार प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका विधागत पुरस्कार तथा अतिथिलाई मायाको चिनोका रूपमा समेत स्थानीय उत्पादन अलैँची प्रदान गरिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images