काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।
आजको खेलका लागि विराटनगरले तीन खेलाडी परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रञ्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसीले पहिलो रोजाइमा स्थान पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















