images
images
  • लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

    काठमाडौं– साविक विजेता लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्ले-अफ प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्ले-अफमा स्थान पक्का गरेको हो ।

    सुदूरपश्चिम अंक तालिकामा १० अंक जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ । उसले लिग चरणको सातमध्ये पाँच खेलम जित र २ खेलमा हार व्यहोरेको छ ।

    सुदूरपश्चिमसँगको हारपछि काठमाडौंले भने प्लेअफ पुग्न अर्को खेलसम्म पर्खनुपर्ने भएको छ । काठमाडौंले लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । काठमाडौं ४ खेलमा जित र २ खेलमा हार भोग्दै ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    शुक्रबार सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रनमात्र समेटिएको थियो । उसको लागि रसिद खानले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै दुसान हेमान्थाले २१, साम हेजलेटले ११, सन्तोष यादवले १० र आदिल आलमले ८ रनको योगदान दिए ।

    सुदूरपश्चिमका लागि अनिल खरेलले २ तथा हेमन्त धामी, स्कट कुग्लेजिन र फाबियन एलेनले समान एकएक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर ब्याटिङमा बोलाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनमात्र बनाउन सक्यो ।

    २.३ ओभरमा ८ रनमात्र बनाएर ४ विकेट गुमाउँदा दबाबमा आएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । आरिफ १६ रन बनाउँदा रन आउट भए ।

    छैटौ विकेटका लागि कप्तान दीपेन्द्र र थरिन्दु रत्नायकेले अर्को ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले मध्यम योगफल तयार गरेको थियो।

    संकटका बीच कप्तान दीपेन्द्रले अर्धशतक पूरा गरे । उनले ४६ बलमा ४ चौका र २ छक्का हानेर अर्धशतक बनाएका हुन् । रत्नायके २६ र फबियन एलेन २ रनमा अविजित रहे । ओपनर स्कट कुगुलिन ६ र विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डोन म्याक मुलेन र ईशान पाण्डेले खाता खोल्न सकेनन् ।

    काठमाडौंका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images