काठमाडौं– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले यस वर्षको चौथो त्रैमासिकमा विश्व तेल बजारमा मागभन्दा आपूर्ति बढी हुने जनाएको छ ।
मध्यपूर्वबाट हुने तेल निर्यात अपेक्षाभन्दा छिटो सुधार हुँदै गए पनि विश्वव्यापी तेलको माग भने तुलनात्मक रूपमा सुस्त रहने एजेन्सीको भनाइ छ । आईईएका अनुसार यसबीच समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण जारी रहे पनि तेल आपूर्ति बढ्ने देखिएको छ ।
औद्योगिक राष्ट्रहरूलाई ऊर्जा नीतिसम्बन्धी सुझाव दिने आईईएले आफ्नो मासिक तेल बजार प्रतिवेदनमा विश्व तेल बजारमा सन्तुलन फर्किने प्रारम्भिक संकेत देखिएको उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार इरान युद्ध सुरु भएयता पहिलो पटक विश्वव्यापी तेलको मागभन्दा आपूर्ति बढी हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्





















