images
images
  • हिमालयन बैंकको मोबाइल बैंकिङ एपमा रकम ट्रान्सफरको समस्या

    काठमाडौं– हिमालयन बैंकको मोबाइल बैंकिङ एपबाट रकम ट्रान्सफरमा समस्या आएको छ । बैंकले करिब दुई सातादेखि बन्द रहेको मोबाइल बैंकिङ एप सुरक्षा अपडेटपछि सञ्चालनमा ल्याएको जनाएको थियो । तर एप खुले पनि रकमान्तर सेवा भने अवरुद्ध भएको ग्राहकले गुनासो गरेका छन् ।

    बैंकले बिहीबार ग्राहकलाई मोबाइल मेसेजमार्फत एप अपडेट गर्न आग्रह गरेको थियो । बैंकले ग्राहकलाई पठाएको मेसेजमा महत्त्वपूर्ण सुरक्षा अपडेट पूरा भएको उल्लेख गर्दै सेवा पुनः प्रयोग गर्न आग्रह गरिएको छ ।

    मेसेजमा भनिएको छ, ‘विगत केही सातादेखि मोबाइल बैंकिङ सेवा उपलब्ध हुन नसक्दा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं । महत्त्वपूर्ण सुरक्षा अपडेट पूरा भइसकेका छन् । सेवा पुनः प्रयोग गर्न कृपया एप्पल एप स्टोर वा गुगल प्लेस्टोरबाट आफ्नो एपलाई पछिल्लो भर्सन १.१.६ मा अपडेट गर्नुहोस् ।’

    यसअघि एप नै नखुल्ने समस्या थियो । पछिल्लो भर्सन अपडेट गरेपछि एप खुल्ने र लगइन हुने गरेको छ । यद्यपि रकम ट्रान्सफरलगायतका वित्तीय कारोबार भने हुन सकेको छैन ।

    सेवा अवरुद्ध भएको गुनासो लिएर शाखाशाखामा पुग्ने ग्राहकहरुलाई बैंकका प्रतिनिधिले एप अपडेट गर्न सिकाइरहेका छन् । तर अपडेटपछि पनि रकम ट्रान्सफरमा समस्या समाधान हुन नसकेको टेकपाना समाचार पोर्टलले जनाएको छ ।

    बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नोभेम्बर १ देखि अवरुद्ध छ । बैंकले सिस्टम मर्मत तथा अपग्रेड भइरहेको भन्दै झन्डै दुई सातासम्म सेवा बन्द गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images