काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको लामो सार्वजनिक बिदापछि आजदेखि शेयरबजार खुल्दै छ ।
आज शुक्रबार नियमित कारोबार खुले पनि भोलि शनिबार र पर्सि आइतबार साप्ताहिक बिदा परेकाले यस साता आज एक दिन मात्र कारोबार हुनेछ ।
त्यसपछि आगामी सोमबार (कात्तिक ३० गते) बाट मात्र नेप्सेको नियमित साप्ताहिक कारोबार हुने छ ।
तिहारअघिको अन्तिम कारोबार दिन (कात्तिक २० गते, शुक्रबार) नेप्से परिसूचक सामान्य अङ्कको वृद्धिसहित दुई हजार ६५५ दशमलव २२ विन्दुमा बन्द भएको थियो । आज बजार खुल्दा सोही सकारात्मक लयले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताहरूको छ ।
प्रतिक्रिया दिनुहोस्



















