काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अंक बढेर २ हजार ६५५.२२ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतबार प्रि–ओपन सेसनमा घटेर २ हजार ६४९.८९ विन्दुमा झरेको हो । यस अवधिमा सेन्सेटिभ इण्डेक्स पनि १.१० अंकले घटेको छ ।
प्रि–ओपन सेसनमा कुल ५७ वटा कम्पनीको शेयर कारोबार भएको छ । ती कम्पनीका शेयर ११७ पटक खरिदबिक्री हुँदा कुल २६ लाख ६१ हजार ४०२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १२ वटाको शेयर मूल्य बढेको छ भने ३६ वटाको मूल्य घटेको छ । बाँकी नौ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन । प्रि–ओपन सेसनमै अधिकांश कम्पनीको शेयर मूल्य घटेपछि बजारमा सुरुवाती दबाब देखिएको छ। यद्यपि, नियमित कारोबार सुरु भएपछि बजारको दिशा कस्तो रहनेछ भन्नेले समग्र बजारको प्रवृत्ति निर्धारण गर्नेछ ।



















