images
images
  • त्रिपुरेश्वरमा बसमा आगलागी : चालक आफैले लगाएको आशंका

    काठमाडौं– त्रिपुरेश्वर बस बिसौनीमा रोकिएको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् ।

    काभ्रेको पनौती निवासी लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको छ ।

    आगलागी हुँदा बसमा यात्रु भने थिएनन् ।

    प्रहरीका अनुसार लामाले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ ।

    यद्यपि, घटनाको कारणबारे पुष्टि भइनसकेको जिल्ला प्रहरी परिसर भद्रकालीका डीएसपी राजेश थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images