images
images
  • त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

    काठमाडौं – काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार चालकले आफैँ बसमा आगो लगाएको प्रारम्भिक जानकारी आएको छ ।

    आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    बसमा चालकले किन आगो लगाउन खोजे भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    आगलागी भएको बसको नम्बर तथा चालकको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images