काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले मंसिर २८ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सभा आयोजना गर्ने जनाएको छ ।
सभामा हाल कायम चुक्ता पुँजीको ११।०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ ।
त्यस्तै, संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। सभाले लेखापरीक्षक नियुक्त गर्ने तथा उपयुक्त अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्ने कार्यसूची छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर १५ गते एक दिन शेयर दाखिला खारेज ९बुक क्लोज० गर्ने भएको छ । यसअनुसार मंसिर १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।






















