काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको आधारमा बोनस शेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तका अनुसार कुल लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ ।
मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन । यसअघि आर्थिक वर्ष २०७८/७९ मा संस्थाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।






















