images
images
  • ओली हटाउने प्रतिवेदनमा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन समाहित

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन आफूले प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदनमै समाहित भएको बताएका छन् ।

    ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले कार्यदलको प्रतिवेदन ढिला आएको भन्दै त्यसका महत्वपूर्ण विषयलाई आफ्नो प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

    ‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो ।’

    पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वमा तयार भएको पुनर्गठनसम्बन्धी प्रतिवेदनपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र नेता प्रदीप ज्ञवालीबाट समेत फरक प्रतिवेदन तयार भएको थियो ।

    ओलीले कार्यदलले एक महिनाभित्र काम सक्ने भनिए पनि चार महिना बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको भन्दै ढिलाइका कारण केन्द्रीय कमिटी बैठकसमेत प्रभावित भएको बताए ।

    उनका अनुसार कार्यदलले पार्टीका कमजोरीको समीक्षा, पुस्तान्तरण र पार्टीलाई नयाँ गति दिने विषयमा सुझाव दिनुपर्ने थियो ।

    सचिवालयका सदस्यहरूबाट तयार भएकाले कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भएको ओलीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images