images
images
  • देउवाले एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं : महेश बस्नेत

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले) का नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

    शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए ।

    ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।

    नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।

    यस्तै नेता बस्नेतले युथफोर्सले सरकारसँग सहकार्य गरेर रचनात्मक काम गर्न तयार रहेका बताए । बस्नेतले भने, ‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ।’

    उनले आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिए । ‘बुद्धिजीवीविरुद्धको संगठन होइन,’ बस्नेतले भने, ‘ बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ।’

    उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन होइन नभएको समेत बताए। बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको समेत बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images