काठमाडौं– गगन थापाले कांग्रेसको परम्परागत नेतृत्व ढाल्दै ६ नेताको राजनीति अन्त्य गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका थापाले शेरबहादुर देउवा, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाजस्ता विरासत र शक्तिको राजनीतिमा आधारित नेताहरूलाई पछि पारेका छन् ।
विश्लेषकहरूका अनुसार थापाको उदयले कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको नयाँ युग सुरु गरेको छ ।
उनले कार्यकर्ताको विश्वास जित्दै पार्टीमा नयाँ ध्रुवीकरण गराएका छन् ।
१५औँ महाधिवेशनबाट उनी औपचारिक रूपमा सभापति बन्ने बाटोमा छन् ।
तर, कांग्रेसलाई रास्वपाभन्दा फरक सैद्धान्तिक पहिचान दिनु र आगामी चुनावमा जनमत कायम गर्नु उनका लागि ठूलो चुनौती रहेको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















