images
images
  • भारतीय नागरिकले अब नपाउने भए मलेसियाको भिसा छुट

    काठमाडौं– मलेसियाले सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकलाई दिँदै आएको भिसामुक्त प्रवेशको सुविधा अन्त्य गर्ने भएको छ।

    बीबीसी हिन्दीका अनुसार नयाँ व्यवस्था लागू भएपछि मलेसिया भ्रमणमा जाने सबै भारतीय राहदानीबाहकले यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्नेछ।

    यसअघि मलेसियाले भारतीय नागरिकलाई विनाभिसा देश प्रवेश गर्न दिने व्यवस्था गरेको थियो। उक्त सुविधाअन्तर्गत भारतीय नागरिकले पर्यटन, व्यापार, सामाजिक गतिविधि तथा ट्रान्जिटका लागि ३० दिनसम्म मलेसियामा बस्न पाउँथे।

    मलेसियाको अध्यागमन विभाग (जेआईएम) ले सार्वजनिक गरेको सूचनामार्फत भिसा छुटसम्बन्धी व्यवस्था अन्त्य गर्न लागिएको जानकारी दिएको हो। विभागका अनुसार भारतीय नागरिकलाई दिइएको भिसा छुट सन् २०२७ को सुरुवातदेखि लागू हुने छैन।

    नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि मलेसिया प्रवेश गर्ने सबै भारतीय यात्रुसँग पहिले नै जारी भएको वैध भिसा अनिवार्य हुनुपर्नेछ।

    यद्यपि नयाँ नियम तत्काल लागू हुने छैन। भारतीय नागरिकले सन् २०२६ डिसेम्बर १ देखि मलेसियाको MyVISA पोर्टलमार्फत अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन्।

    यसले नयाँ व्यवस्था लागू हुनुअघि यात्रुहरूलाई आवश्यक तयारी गर्न एक महिनाको समय उपलब्ध गराउनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images