काठमाडौं । नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहले आफ्नो सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिदै नेता सिंहले प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
उनले भनेका छन् – महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको कियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका कममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ । खासगरी प्रदेश नं। २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ । दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत हासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।
सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले संसद सचिवालयमा राजीनामा नबुझाएकोले तत्काल उनको राजीनामा स्वीकृत हुने सम्भावना भने नरहेको बुझिएको छ ।
प्रकाशित मिति २०७८ साउन ७ गते बिहिबार ०९:२६