काठमाडौं । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्रता दिएका छन् । भेटकै क्रममा नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
शनिबार वैद्यलाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । वैद्य र विप्लव यसअघि एउटै पार्टीमा थिए ।
यसअघि, गएको शुक्रबार पनि उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई उनकै निवासमा पुगेर भेटेका थिए । भने यस्तै नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।
बुधबार प्रचण्डलाई भेट्न खुमलटार गएका उनी बिहीबार नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए । ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।


विश्व खबर 




















