images
images
  • कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु, माधव नेपाल पनि सहभागी

    काठमाडौं । सर्वोच्च अदालतको फैसला आएलगत्तै विपक्षी गठबन्धनको बैठक शुरू भएको छ ।  कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बैठक सुरु भएको हो ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।

    यस्तै नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा सहभागी छन् भने एमाले नेता माधव कुमार नेपाल पनि गठबन्धन बैठकमा सहभागी छन् ।जसपाकातर्फबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

    बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएकै बेला माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सामेल भएका हुन् । उनीसँग स्थायी समिति सदस्य रघुजी पन्त छन् । नेपाल समूहका अन्य चर्चित नेताहरू बैठकमा देखिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images