images
images
  • एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

    काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ ।

    केन्द्रीय कमिटी बैठक आजदेखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्दै छ ।

    आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गर्दै आजको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

    एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ ।

    उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिइएको हो । प्रतिवेदनमा रहेको ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको बताइएको छ ।

    केन्द्रीय कमिटी बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images