images
images
  • सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग गरेको नाडाले बाढीपीडितलाई राहत सामग्री पनि दियो

    काठमाडौं– भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका निम्ति नाडाले विभिन्न किसिमका राहत सामग्री प्रदान गरेको छ ।

    शनिबार संस्थाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएका नाडा प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयलाई औपचारिक रूपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी संस्थाका तर्फबाट १० लाख रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराइसकेकोे छ ।

    नाडाले विगतका समयदेखि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका विपत्तिमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images