images
images
  • यती एअरलाइन्सले काठमाडौं उडान सस्तो बनायो, न्यूनतम भाडा ४ हजार रुपैयाँ

    काठमाडौं– यती एअरलाइन्सले काठमाडौं आउने यात्रुका लागि न्यूनतम ४ हजार रुपैयाँदेखि हवाई टिकट उपलब्ध गराउने भएको छ ।

    एअरलाइन्सले अक्टोबर ११ अर्थात् असोज २५ गतेदेखि लागू हुने गरी विभिन्न गन्तव्यबाट काठमाडौं आउने उडानको न्यूनतम भाडादर सार्वजनिक गरेको हो ।

    एअरलाइन्सले सार्वजनिक गरेको विवरणअनुसार भैरहवाबाट काठमाडौं आउने टिकटको न्यूनतम मूल्य ४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, विराटनगरबाट ५ हजार, जनकपुरबाट ५ हजार २००, पोखराबाट ५ हजार ५०० तथा नेपालगञ्ज र भद्रपुरबाट ६ हजार रुपैयाँ न्यूनतम भाडा निर्धारण गरिएको छ ।

    यती एअरलाइन्सका अनुसार मोबाइल एप वा वेबसाइटमार्फत टिकट बुकिङ गर्ने यात्रुले थप विशेष छुटसमेत पाउनेछन् ।

    840071347 1028418026877676 37943025439821404 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images